Etc Sunsari

nepal-govt

प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय

शिक्षा तालिम केन्द्र, प्रदेश नं १
इनरुवा, सुनसरी ।

तालिम केन्द्रको सन्देश

बिगतमा शिक्षक पेसागत विकासका लागि लामो तथा छोटा अवधिका बिभिन्न तालिम हुने गरेका थिए । पेसागत विकासका अन्य माध्यमको खासै उपयोग हुनसकेको थिएन । विद्यालय क्षेत्र सुधार कार्यक्रम (२०६६–७२) मा मात्र शिक्षक पेसागत विकासका लागिबिभिन्न माध्यमबाट सिकाइ हुने गरी व्यवस्था गरिएको थियो ।जसमा एक शिक्षकले पाँच वर्षको अवधि भित्र पाउने ३० दिन अवधिको तालिमलाई १०, १० दिनका तिन मोड्युलमा कार्यान्वयन गरिएको ।दस दिनको एक मोड्युलको तालिम पुरा गर्न शैक्षिक तालिम केन्द्र वा स्रोत केन्द्रबाटसञ्चालन गरिने पाँच दिनको तालिम, तिन कार्य दिन 

Recent Updates

पेज निर्माणको क्रममा रहेको छ ।

धन्यवाद !

शिक्षा तालिम केन्द्र, इनरुवा, सुनसरीमा स्वागत छ ।

शिक्षा विकासको मूल आधार भएकाले राष्ट्रिय विकासका लागि आवश्यक पर्ने मानव संसाधन विकास गरी सामाजिक आर्थिक विकासलाई समानुपातिक रुपमा अगाडी बढाउन शैक्षिक योजना र शिक्षामा गरिने लगानीले महत्वपूर्ण भूमिका खेल्दछ । शिक्षित जनशक्तिले नै गरीबी निवारणमा सशक्त भूमिका खेल्ने हुँदा गरिवी निवारणका लागि विद्यालयीय शिक्षा पूर्वाधारको रुपमा रहेको हुन्छ । जसका लागि राष्ट्रिय बजेटको ठुलो हिस्सा शिक्षामा लगानी हुँदै आएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिले कम्तिमा आधारभूत शिक्षा मानव अधिकारको अभिन्न अंगका रूपमा स्वीकार गरेको छ भने बाल अधिकारसम्बन्धी अभिसन्धिले शिक्षा आर्जन गर्न पाउनु बालबालिकाको अधिकार भएको कुरा उल्लेख गरेको छ । नेपालको संविधान बमोजिम सबै बालबालिकालाई गुणस्तरीय, निःशुल्क र अनिवार्य आधारभूत शिक्षाको सुनिश्चित गर्ने कुरा उल्लेख गरेकोे छ । सवैका लागि विद्यालय शिक्षाको समतामूलक पँहुचको सर्बसुलभता र गुणस्तर सुधार राष्ट्रिय सरोकारको प्रमुख विषय बनेको छ । यसै तथ्यलाई मध्यनजर गरी विद्यालय क्षेत्र सुधार योजनाको समाप्ती पछि सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजना सन् २००१–२०१५ को लक्ष्य हासील गर्ने निरन्तरताको रुपमा आ.व. २०७३/०७४ देखि २०७९/०८० सम्म विद्यालय क्षेत्र विकास योजना राष्ट्रव्यापी रुपमा कार्यान्वयनमा आइसकेको छ ।

शिक्षकहरुको पेशागत विकासलाई निरन्तरता प्रदान गरि समग्र शिक्षाको गुणस्तर वृद्धिकालागि पेशागत प्रमाणिकरण तालिम संचालनका लागि शिक्षा तालिम केन्द्रद्वारा शिक्षकहरुको पेशागत विकास तालिम संचानलहुँदै आइरहेको छ । जसको सञ्चालय यस शिक्षा तालिम केन्द्र, इनरुवा, सुनसरीले समेत गर्दछ । नेपाल राज्य भरी रहेका ७ वटा शिक्षा तालिम केन्द्र मध्ये प्रदेश नं १ को सुनसरी जिल्ला इनरुवा नगरपालिका स्थित बबियमा रहेको यस शिक्षा तालिम केन्द्र सुनसरीको सेवा क्षेत्र हाल आएर प्रदेश नं १ भित्रका १४ जिल्लाहरु रहेका छन । यस तालिम केन्द्रले प्रदेश नं १ भित्रका शिक्षासंग सरोकार राख्ने विविध विषयहरुमा तालिम सञ्चालन गरेता पनि मुख्य रुपमा यसले शिक्षकहरुका लागि सेवाकालिन १ महिने टिपिडी प्रमाणिकरण तालिम नै सञ्चालन गर्दछ । 

बिगतमा शिक्षक पेसागत विकासका लागि लामो तथा छोटा अवधिका बिभिन्न तालिम हुने गरेका थिए । पेसागत विकासका अन्य माध्यमको खासै उपयोग हुनसकेको थिएन । विद्यालय क्षेत्र सुधार कार्यक्रम (२०६६–७२) मा मात्र शिक्षक पेसागत विकासका लागिबिभिन्न माध्यमबाट सिकाइ हुने गरी व्यवस्था गरिएको थियो ।जसमा एक शिक्षकले पाँच वर्षको अवधि भित्र पाउने ३० दिन अवधिको तालिमलाई १०, १० दिनका तिन मोड्युलमा कार्यान्वयन गरिएको ।दस दिनको एक मोड्युलको तालिम पुरा गर्न शैक्षिक तालिम केन्द्र वा स्रोत केन्द्रबाटसञ्चालन गरिने पाँच दिनको तालिम, तिन कार्य दिन बराबरको विद्यालयमा गरिने अभ्यास वा परियोजना कार्य र प्रशिक्षक वा विज्ञले कार्य क्षेत्रमै आएर दिने दुई कार्य दिन बराबरको सहयोग र परामर्सको व्यवस्था गरिएको ।तिन ओटै मोड्युलका तालिम मागमा आधारित हुने व्यवस्था रहेको थियो। यसका लागि शिक्षकले शिक्षण सिकाइका व्रmममा अनुभव गरेका समस्याका आधारमा आफूलाई आवश्यक तालिमको माग गर्ने र शैक्षिक तालिम केन्द्र वा स्रोत केन्द्रले सो मागका आधारमा पाँच दिनको तालिम कोर्स तथा तालिम सामग्री विकास गरी तालिम सञ्चालन गर्ने गरिएको थियो ।

हाल आएर शिक्षक पेसागत विकासका कार्यक्रममा शिक्षक तालिम, स्वप्रयत्नमा आधारित सिकाइ, अनुभव आदान प्रदानका कार्यक्रम सञ्चालित छन् । जसमा शिक्षक तालिम भित्र प्रमाणिकरण तालिम, पुनर्ताजगी तालिम र स्थानीय आवश्यकतामा आधारित मोड्युलर तालिम सञ्चालन गरिन्छ । शिक्षक तालिम अन्तर्गतको को प्रमाणिकरण तालिम ३० दिनको हुनेछ जसमा १५, १५ दिन गरेर दुई चरणमा सञ्चालन हुनेछ । दुबै चरणका तालिमलाई १० दिनको पहिलो खण्ड र ५दिनको दोस्रो खण्ड गरेर दुई खण्डमा सञचालन गरिन्छ ।दश दिनको पहिलो खण्डको तालिम तालिम प्रदायक सँस्थामा सञ्चालन हुन्छ भने दश दिनको तालिम पछि सहभागी शिक्षकले आफ्नै विद्यालयमा गएर अभ्यास शिक्षण वा अभ्यास कार्य गरी प्रतिवेदन तयार गर्नुपर्ने छ । यस कार्यकालाई दोस्रो खण्डको पाँच कार्य दिन बराबरको सिकाइ अनुभव मानिन्छ । सहभागी शिक्षकले विद्यालय फर्केको ४५ दिन भित्रमा सम्बन्धित शिक्षा तालिम केन्द्रमा निर्दिष्ठ ढाँचामा दोस्रो खण्डको अभ्यास कार्यको प्रतिवेदन पेस गर्नुपर्ने छ र तालिम कार्यमा सहभागिता, १० दिनको तालिमको लिखित परीक्षा र विद्यालयमा गरिने अभ्यास कार्य र प्रतिवेदनका आधारमा सहभागी शिक्षकको मूल्याङ्कन हुनेछ सोको अङ्क दिइने छ। 

तालिम प्रमुख

नाम:- सूर्यराज घिमिरे

पद :- उपसचिव

तह:- अधिकृतस्तर दशौ

मोवाईन नं :- ९८५२०४१४९८

ईमेल :- etcsunsarinew@gmail.com

गुनासो सुन्ने अधिकारी

नाम:- डुण्डीराज पौडेल

पद :- शाखा अधिकृत

तह:- अधिकृतस्तर आठौ

मोवाईन नं :- ९८४२३६५८५६

ईमेल :- dhundi2025@gmail.com

सूचना
अधिकारी

नाम:- रेवन्तबहादुर बस्नेत

पद :- शाखा अधिकृत

तह:- अधिकृतस्तर आठौ

मोवाईन नं :- ९८५२०६०१७४

ईमेल :- rewantab6@gmail.com

Notices


तलको सूचना अनुसार प्रदेश नं १ अन्तर्गतका संघ, प्रदेश र स्थानीय तहमा कार्यरत नेपाल शिक्षा सेवाका प्राविधिक सहायकहरुको लागि सञ्चालन हुने ३० दिने सेवाकालिन तालिममा सहभागी हुनको लागि भर्नु पर्ने गुगल फाराम लिङ्क https://forms.gle/YL1Hbead4vPPLKGu6

 


Important Links

 


Circular

 


Radio Program

 


 


Virtual Program

श्रब्य दृश्य सामाग्री